समाजिक सञ्जाल बन्द गरिने भन्दै हल्ला चलाउनेलाई कारबाही गर्ने

रिपोर्ट नेपाल | 2019 Mar 04 | 01:46 pm 2331

काठमाडौं, फागुन २० : सरकारले फेसबुक तथा ट्वीटरलगायतका समाजिक सञ्जाल बन्द गरिने भन्ने हल्लाको खण्डन गरेको छ । केही दिन यता विभिन्न समाजिक सञ्जालमा सरकारले फेसबुक तथा ट्वीटर बन्द गर्न लागेको भन्दै हल्ला चलाइएको थियो ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै हल्ला निराधार रहेको भन्दै हल्ला चलाउनेलाई कारवाहीको प्रक्रिया अगाडि बढाइएको जनाएको हो । नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभागको नाम राखी फेसबुक, ट्वीटरजस्ता सामाजिक संजाल पूर्णरुपमा बन्द गरिने भ्रामक सूचना फैलाउन काम भइरहेको भन्दै मन्त्रालयले त्यसबारे मन्त्रालय र अन्तर्गतबाट कुनै पनि सूचना जारी नभएको प्रष्ट्याएको हो ।

मन्त्रालयले गलत सूचना प्रवाह गर्ने व्यक्ति उपर कानूनी कारवाहीको प्रक्रिया सुरु भैसकेको भन्दै सामाजिक सञ्जाल संचालकलाई त्यस्ता भ्रामक सूचना सामाजिक सञ्जालवाट हटाउन अनुरोध पनि गरेको छ ।

No photo description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.