समाजवादी पार्टीमा २५ सदस्यीय पदाधिकारी, को-कुन पदमा? (नामावलीसहित)

| 2019 May 06 | 04:03 pm 1658

काठमाडौं, वैशाख २३ :  नव गठित समाजवादी पार्टी नेपालमा दुई जना अध्यक्ष भएका छन् । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर बनेको नयाँ पार्टीमा साविक नयाँ शक्तिका संयोजक र फोरम अध्यक्ष उपेन्द्र यादव दुवै अध्यक्ष हुने सहमति भएको हो ।

सभामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन्। एकतापछि नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादव नयाँ पार्टीको अध्यक्ष रहनेछन्। ‘

पार्टीमा २५ सदस्यीय पदाधिकारी चयन गरिएकाे छ। जस अन्तर्गत डा.बाबुराम भट्टराई संघिय परिषद् अध्यक्ष र उपेन्द्र यादव अध्यक्ष रहेका छन्। त्यस्तै अशोक राई पार्टीका वरिष्ठ नेता चयन भएका छन् भने राजेन्द्र श्रेष्ठ सह अध्यक्ष चयन भएका छन्।

त्यसैगरी पार्टीको उपाध्यक्ष्मा आठजना चयन भएका छन् । उपाध्यक्ष बनेकाहरुमा नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, लालबाबु राउत, हिसिला यमी र हेमराज राई रहेका छन् । त्यस्तै महासचिवमा गगा नारायण श्रेष्ठ, रणधज कन्दघा र रामसाहायक यादव चयन भएका छन्।डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा र प्रकाश अधिकारी पार्टीकाे उप महसचिवमा चयन भएका छन्।

त्यस्तै पा्टीकाे सचिवमा मोहमद इस्तियाक राई, दुर्गा सोब, विजय यादव, परशुराम बस्नेत र प्रशान्त सिह चयन भएका छन्। अन्य २ जना सचिवपछि मात्र थपिने समाजवादीका एक नेताले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.