समाचार देखेर म चकित परे : समिक्षा अधिकारी

| 2023 Aug 24 | 04:33 pm 10613

काठमाडाैं, भदाै ७ । गायन क्षेत्रमा सानो उमेर देखि चर्चामा रहेकी कलाकार समिक्षा अधिकारीले नेपाली संचार जगतमा आफ्ना विषयमा आएका कुराप्रति दु:ख व्यक्त गरेकी छिन् ।

आफ्नो फेसबुकवालमा मैले यस अघि यो भन्दा ठूला ठूला प्रहारहरु खपिसकेकी छु त्यसैले मलाई झिना मसिना कुराले खासै फरक नपार्ने भएकोले संचार जगतले सत्यतथ्य बुझेर मात्रै लेख्न सुझाव दिएकी छिन् । उनको स्टाटस जस्ताको तस्तै :

नमस्ते म समिक्षा अधिकारी !

आज सामाजिक संजालमा मेरो बारेमा आएका न्युजहरु हेरेर म आफै आश्चर्य चकित भएकी छु।

हुन त मैले यो भन्दा ठुलो प्रहरहरु खपी सकेकी छु तै पनि आज सामाजिक संजालमा आएको कुराले म अष्ट्रेलिया वा अन्य देश बस्ने विद्वान दाजु भाइ दिदि बैनीहरु लाई सोध्न चाहन्छु यहाँ निर मेरो गल्ति के भयो । एउटा उमेर पुगेको मान्छे अष्ट्रेलिया नियम परिधि भित्र रहेर आफ्नो बसाइ अष्ट्रेलियामा लम्बाएर बस्दा एकतर्फी रुपले अलिकति कुरा पनि नबुझी किन म माथि प्रहार गर्नु भो ? अहिलेको मेरो भिषा निबेदनको स्थितिमा फाइनान्सको केहि डकुमेन्ट थप गर्नु पर्ने स्थितिमा मैले पठाई सकेकी छु भएको यति हो । म एउटा अध्याँरो समयलाई आफ्नै बलबुता र दर्शक, शुभचिन्तकको मायाले बिर्सेर अगाडी बढ्न खोज्दै गर्दा किन मेरो बदनाम गराउन उद्दत हुनु हुन्छ, मैले भोग्न पर्ने भोगी सके सहन पर्ने सहि सके प्लिज मलाई नगिजोल्नुस, मेरो व्यक्तिगत कुराहरु हुन्छन् मेरो अनुमति बिना मेरो भिषाको स्टाटस चेक गर्न तपाई बसेको देशको कानुनले दिन्छ । म संग एक चोटी सोधेको भए दिदिको बारेमा मै तपाईहरु लाई बताउँथे । मेरो दिदिले कुनै नियम तोडेर होइन अष्ट्रेलियाको नियम परिधिमा रहेर त्यहाँ पढ्दै छन् । दिदि संगको कुरा जोडेर प्लिज म र मेरो परिवारलाई तथ्यहिन कुरा नलेखिदिनुस । सक्नु हुन्छ २ वटा मिठा शब्द बोलिदिनुस जसले मनोबल बढावोस सक्नु हुन्न मलाई मानसिक तनाव नदिनुस। आज यती मात्र भन्न चाहे कि म ब्ल्याक लिस्ट मा परेको भन्ने खबर सरासर झुठो हो I मलाई अहिले तिज कार्यक्रम को लागी दिदी बहिनी इभेन्ट ले बोलाएको हो । म १८ बर्ष पुगिसकेको छु र मैले गार्जियन एप्प्लाई गरेको छु भन्ने कुरा सरासर झुठो हो । यस्ता भ्रामक समाचार मा बिश्वास नगरिदिनु हुन बिनम्र आग्रह गर्दछु । ।

फेरी पनि यो सबै भन्दै गर्दा म देश विदेशमा रहेका समस्त मेरा भगवान सरहका दर्शकको माया, ममता र सदभाबले पटक पटक टुक्रिएर फेरि जोडिदै गरेकी तपाईकी चेली हुँ मैले कुनै गलत काम गरेकी छैन यदि गलत गरेकी रहेछु भने म त्यसको सजाय भोग्न तयार छु।

सबैको राम्रो होस् सबैको जय होस् !!

तपाईकी

समिक्षा अधिकारी

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.