सभासद राईद्वारा धार्मिक तिर्थस्थल स्थल रौता पोखरी जाने सडक शिलान्यास

| 2022 Aug 21 | 02:34 pm 5809

  • शंकर रिखाम मगर

उदयपुर, भदौ ५ः उदयपुर जिल्लाको मुख्य धार्मिक तिर्थस्थल तथा पर्यटकीय क्षेत्र रौता पोखरी जाने दोस्रो सडक बाटो मुर्कुची बजारको छौडिया खोला पुलको पूर्वतर्फको भागबाट सभासद शुरेशकुमार राई (हिमाल)द्वारा शिलान्यास गरिएको छ ।

No description available.

उक्त शिलान्यास कार्यक्रममा सभासद शुरेशकुमार राई (हिमाल) को प्रमुख उपस्थिति रहेको थियो भने, रौतामाई गाउँपालिका अध्यक्ष विरेन्द्रकुमार मगर, पूर्व पालिका अध्यक्ष गजेन्द्रवहादुर खड्का, वडा ७ का वडाध्यक्ष मनोजकुमार राना मगर, सडक डिभिजन कार्यलय लहानका प्राविधिक प्रतिनिधी, निर्माण व्यवसायी संघका प्रतिनिधि, जग्गादाताहरु र नागरिक समाजको उपस्थिति रहेको थियो ।

No description available.

सो सडकको शिलान्यास सभासद शुरेशकुमार राई (हिमाल) सहित पालिका अध्यक्ष, पूर्व पालिका अध्यक्ष र वडाध्यक्षले संयुक्त रुपमा गरेका हुन् ।

जिरो पोइन्टमा शिलान्यास भएको मुर्कुची बजारको छौडिया खोला पुलको छेउबाट उदयपुरको शिर, पर्यटकीय स्थल तथा मुख्य धार्मिक स्थल रौता पोखरी, चिसापनी, निकास हुँदै त्रियुगा नगरपालिका १५ सम्म जोडिने भएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय क्षेत्र भनेर मुर्कुची, रौता पोखरी र उदयपुरलाई मात्र होइन, ऐतिहासिक सडकले विश्वलाईनै परिचय दिने ऐतिहासिक सडक रहेको उल्लेख गरिएको छ ।

No description available.

उक्त शिलान्यास कार्यक्रमको मासलाई सम्बोधन गर्दै सभासद शुरेशकुमार राई (हिमाल) ले संघीय संसदमा राज्यको प्रणाली तीन तहमा गएपछी हामी संसदहरुले जनताको आकाङ्क्षा संग जुनसुकै योजनामा पनि जोडिनु पर्ने भएकोले संघीय निर्वाचन क्षेत्रको यो रणनैतिक सडक हो, यो सडकमा निर्माण व्यवसायीहरुले जिम्मा लिएको अन्य ठाउँमा भन्दा गुणस्तरिय ढङ्गले बनाउने लक्ष्य लिएको पनि सांसद राईले बताए ।

उक्त सडक निर्माण सम्पन्न भए पश्चात् नेपाल लगायत छिमेकी मुलुक भारतबाट आउने भक्तजनहरुलाई सहज हुने भएको छ भने स्थानीय समुदायलाई जिवनयापनको निम्ति आर्थिक तथा समृद्धी थप हुने सांसद राईले बताए । वन जङ्गल क्षेत्रमा बाहेक अन्य क्षेत्रमा बाटो निर्माण २७ महिना भित्र सम्पन्न गरिने सम्झौता गरिएको छ भने वन क्षेत्रमा पनि समन्वय गर्दै जाने सांसद राईले बताए ।

No description available.

त्यसैगरी उक्त सडकको शिलान्यास कार्यक्रममा आफ्नो मन्तव्य राख्दै वडा नम्बर ७ का वडा अध्यक्ष मनोज राना मगरले यो पर्यटकीय सडक भएको र अपेक्षा गरिएको भन्दा राम्रो गुणस्तर, क्वालिटी तथा क्वान्टिटिमा काम सम्पन्न गर्नको लागि व्यवसायी र सडक डिभिजन लहानलाई अनुरोध गरेका छन् ।

मुर्कुची, तेलतेले हुँदै रौतामाई पोखरी तिर्थस्थल पार गर्ने सडक हाल साढे सात किलो मिटर निर्माण हुने भएको छ भने, सडक निर्माण तर्फ २५ कारोड ६५ लाख १२ हजार १३५ रुपैयाँ १४ पैसा रहेको छ ।

उक्त लागत रकममा कटिङ्ग जालीनाली, वाल, कल्भट साथै ग्रावेल रहेको लामा, अजय, शम्भु, जेभि कम्पनि लहान ६ सिरहाका ठेकेदार अजय राउतले बताए । वटोको चौडाइ १० मिटर रहनेछ भने ८ मिटरमा ग्रावेल गरिने ठेकेदार राउतले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.