काठमाडौँ ,वैशाख ३० / प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधि सभा बैठकमा बोलाउन नेपाली कांग्रेसले माग गरेको छ । बुधबारको प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सचेतक निश्कल राईले सभामुखले रुलिङ गरेर भए पनि प्रधानमन्त्रीलाई संसद्मा बोलाउन माग गरेका हुन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची छ । ‘आज पनि अवस्था उस्तै छ । मैले प्रधानमन्त्री देखेको छैन ।
नीति तथा कार्यक्रममा देखिएको प्रश्नको जवाफ दिने कार्यसूची देखेका छौं । प्रधानमन्त्रीलाई सदनमा हामीले देख्न सकेनौँ,’ उनले भने, ‘सभाको गरिमा बढाउने र इज्जत राख्ने भूमिका सभामुखको हो । हजुर हाम्रो नायक हो । तत्काल रुलिङ गरेर प्रधानमन्त्रीलाई सभामा बोलाउन हार्दिक अनुरोध गर्दछु ।’