सभाखोला पहिरोले थुनिंदा तीन सय मिटरको ताल, त्रासमा बाह्रबिसे बजार

| 2019 Sep 11 | 06:31 pm 2627

संखुवासभा, भदौ २५ : सभापोखरी गाउँपालिकामा पर्ने सभाखोला पहिरोले थुनिएकाे छ । सभाखोला थुनिपछि सभापोखरी गाउँपालिकाको-४ र ६ वडाको बीचमा फास्सीबुकमा झण्डै तीन सय मिटर लामो ताल बनेको छ ।

सभापोखरी–६ का अध्यक्ष विकास पौडेलले बुधबार दिउँसो २ बजेतिर पहिरो खसेको जानकारी दिए । वर्षासँगै गएको पहिरोले खोला थुनिएर ताल बन्दा बाह्रविसे बजार उच्च जोखिममा परेको वडाध्यक्ष पौडेलले जानकारी दिए ।

ताल बनेको ठाउँ बाह्रविसे बजार भन्दा २ किलोमिटर माथि रहेको छ । वडा–४को सिमसिङ गाउँबाट झरेको पहिरोले ताल बन्दा बाह्रविसे बजारका स्थानीय त्रसित बनेका छन् । ताल फुट्दा दुई किलोमिटर तल रहेको बाह्रविसे बजारमा ठूलो क्षति पुग्न सक्ने स्थानीयले बताएका छन् ।

सभाखोला, लङ्खुवाखोला र भोटी खोलाको किनारमा बाह्रविसे बजारको ठूलो बस्ती उच्च जोखिममा रहेको छ । बाजार क्षेत्रका करिब १०० घर उच्च जोखिम रहेको छ । त्यस क्षेत्रमा वर्षा नरोकिएकाले घटनाको थप जानकारी आउन बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.