सप्तरीमा गोली चल्यो, इन्काउन्टरमा मारिए दीपेन्द्र चौधरी

| 2019 Jan 23 | 10:40 am 2108

सप्तरी, माघ ९: असईको हत्या र हबल्दारलाई घाइते बनाएको आरोप लागेका एकजना व्यक्तिको प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ । राजविराज रुपनी सडकखण्ड अन्तर्गत रायपुर नजिकै प्रहरी कार्वाहीमा सप्तरीको कडरबोना निवासी दिपेन्द्र चौधरी मारिएका हुन् ।

सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले बुधबार बिहान ४ बजे गस्तीमा खटिएको प्रहरी टोलीमाथि एक राउण्ड फायर गरेपछि जवाफी फायरिङ् गर्दा उनको मृत्यु भएको बताए।

एसपी बिष्टका अनुसार चौधरीले पाँच वर्षअघि असई रमेश सुव्वाको हत्या गरेका थिए भने एक साताअघि सप्तरीको खड्ग नगरपालिकामा प्रहरी हबल्दार महेन्द्र सतरामाथि गोली प्रहार गरेका थिए ।

यस्तै इलाका प्रहरी कार्यालय कडरबोना नजिकै केही वर्षअघि चौधरीले नै बम बिष्फोट गराएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार मृतक चौधरीको साथबाट एक राउण्ड कटुवा पेस्तोल समेत बरामद भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.