महेश सिंह
सिरहा फाल्गुन १९: सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका वार्ड नं. ४, बेल्ही स्थित स्थानियहरु र गाउँपालिकाको बिशेष सहयोगमा श्री श्री १०८ श्री अन्तर्राष्ट्रिय रामनाम मानस महायज्ञ हुने भएको छ। आगामी फागुन २१ गते देखि हुने उक्त्त महायज्ञ सम्पन्न गर्नका लागि ४० लाखको बजेट लाग्ने अनुमान गरिएको छ । महायज्ञलाइ भब्य र सभ्य सहित सफताको लागि पत्रकार सम्मेलनको आयोजना गरिएकोथियो ।
सम्मेलनमा सिरहा जिल्लाका पत्रकारहरुः महेश सिंह, हर्षित नेपाल पत्रिकाको सम्पादक÷प्रकाशकः बिरेन्द्र प्रसाद नेपाल, शम्भु चौधरी र सप्तरी जिल्लाका पत्रकार मनोज बनैता, रासिन्द्र यादव लगायत करिव एक दर्जन भन्दा बढी सप्तरीका पत्रकारहरुको उपस्थित रहेको थियो । उक्त्त यज्ञको सफलताका लागि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शंकर गुप्ता, बलान बिहुल गाउँपालिकाको अध्यक्षः दयानन्द गोईत, उपमेयर रुवी गुप्ता, बेल्ही वार्ड नं.४ का वडा अध्यक्ष हन्सु मियाँ स्थानिय भद्रभलादमी, बृद्धिजीवी, समाजसेवीहरुको उपस्थित रहेको थियो ।

महायज्ञकर्ताः श्री श्री १०८ देव दास निर्माण छुट गुठी रामरतन दासद्धारा हुन गईरहेको छ । कलश यात्रा फागुन २१ गते सुरुभई २२ गते देखि १० दिन सम्म यज्ञ हुने कुरा सो यज्ञ संचालन समितिका अध्यक्ष शंकर गुप्ताले जानकारी दिएका छन् । बेल्ही भन्ने ठाउँ नेपाल र भारतको सिमाना नजिँकै पर्ने हुँदा भारतिय भक्तजनहरु समेत भित्रिने भएकोले यो यज्ञमा साठी हजार भन्दा वढी मानिसहरु सहज रुपमा अटिने क्षमता भएको भौतिक पूर्वाधार निर्माण गरिएकोले यो यज्ञलाई अन्तर्रष्ट्रिय महायज्ञ भनेको कुरा बाबा रामरत्न दासले बताएका छन ।
यज्ञमा प्रवचन दिनका लागि अयोध्या बराछौनीवाट डा.मानस मधुकर जी आएको आयोजकले जनाएको छ । यज्ञमा भगवानका भौतिकरुपी सयौ किसिमका मूर्तिहरु बनाउन मूर्तिकार राजेश पंडित, मुजफरपुरवाट आउनुका साथै गौतम रासलिला एवं रामलिला लगायत मनोरंजनात्म कार्यक्रमको समेत आयोजना गरिएको छ । बलान बिहुल गाउँपालिकाको अध्यक्षले भने यो बिशाल महायज्ञमा व्यवस्थापन समिती र स्थानियहरुको निगरानीको कारण कुनै किसिमको त्रुटी हुन दिदैनौ भने प्रबद्धता गरे ।