सप्तरीको कदमाहामा थारु माघी महोत्सव सम्पन्न

| 2021 Jan 16 | 07:33 pm 2665

  • महेश सिंह

सिरहा, माघ ३ः सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुशहाको खेलमैदानमा थारु , भाषा संस्कृति समृद्धिको पहिचान माघी महोत्सव २०७७ थारु कल्याणकारीणी सभा सप्तरीको शान सहित थारु महोत्सव सम्पन्न भएको छ।

No description available.

प्रत्येक वर्ष झै यस वर्ष पनि हजारौंको संख्यामा हर्सोलासका महोत्सव सम्पन्न भएको थारु कल्याणकारीणी सभा सप्तरीका सभापति शिव नारायण चौधरी शिबा (थारु)ले जनाएको छ।

यस महोत्सवका प्रमुख अतिथि प्रतिनिधि सभा सांसद तेजु लाल चौधरीद्वारा उद्घाटन भएको थियो । विशिष्ट अतिथि प्रदेश सांसद गोविन्द न्यौपाने, सुरुङ्गा नगरपालिका अध्यक्ष मुक्तिनाथ चौधरी, उपाध्यक्ष विन्दा कुमारी पासवानको उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो।

No description available.

कार्यक्रममा थारु पहिरण, थारु झाँकी प्रदर्शन, थारु साँस्कृति प्रदर्शन, थारु साँस्कृति कार्यक्रम विविध कार्यक्रम तथा विभिन्न स्टलहरु रहेको थियो।

कार्यक्रममा सभापति शिव नारायण चौधरी, सचिव पुरुषोत्तम प्रसाद चौधरी, कोषाध्यक्ष मिन्टु कुमारी चौधरी, सहसचिव देव नारायण चौधरी, संयोजक महेश चौधरी, सदस्यहरु खर्ग नारायण चौधरी, शंकर प्रसाद चौधरी, बच्चु लाल चौधरी, नरसिंह चौधरी, राजेन्द्रप्रसाद चौधरी, बाल कृष्ण चौधरी, छोटेलाल चौधरी, प्रमान्नद चौधरी, अजय चौधरी, उक्त व्यक्तिहरुको उपस्थितमा महोत्सव सम्पन्न भएका थिए।

सुरुङ्गा नगरपालिका मेयर मुक्तिनाथले भने पठनपाठन थारु भाषामा वडा नम्बर ४ र ५ मा भइरहेको छ। त्यस्तै प्रदेश सांसद गोविन्द न्यौपानेले आफ्ना मन्तव्य राखेका थिए।

No description available.

कार्यक्रमको प्रमुख अतिथि तेजु लाल चौधरीले भने सबैभन्दा पहिलो माघी पर्वको शुभकामना साथै माघी उत्सव थारु कल्याणकारीणी वडो जोडदार रुपले भइरहेका छन्। धर्म साँस्कृति प्रम्परा जस्तै तीज, छठ, जस्ता पर्वहरु पहिला तराईमा मात्र मनाउथे, अहिले पहाडमा पनि मनाउँदै छ । त्यसैले हाम्रो धर्म साँस्कृति र परम्परा बचाई राख्नुपर्छ ।

मेयर, उपमेयर आज थारु युवा भाईबहिनीहरुलाई नृत्य, गायन, जस्ता कार्यमा आउदो बजेटमा यसका लागि रकम दिने प्रतिवद्धता दिएका थिए।

६, ८, १० वर्षका केटाकेटीहरु रक्सी खाएको देखिएको छ। जाड रक्सी खान्छ अनि धर्म साँस्कृति गुमाउछ। त्यसैले कुलतमा नलाग्न आग्रह समेत गरेका थिए।

नेपालमा वडा दुःख का साथ लोकतन्त्र २०७६ को संविधान ओली सरकार संसद विघटन गरेको छ त्यसको विरुद्धमा हरेक पार्टी उत्रिएका छन्। यसमा सवैले लोकतन्त्र, गण्तन्त्र वारेमा सबैले एक हुनुपुर्छ ।

No description available.

नेपालको संविधान संघिय शासनले न्यायाधीशलाई धम्काई रहेको छ। ५ वर्षको सरकार संघियता लोकतन्त्र, गण्तन्त्र कसरी वचाउनेमा जोड दिएका छन्। १ कुराले जित्न सकिन्छ त्यो हो शिक्षा, ट्युसन, पठनपाठनमा जोड दिनुपर्छ, नत्र ज्यालादारी लेवर कुली हुने समेत भनेका थिए। कुप्रथा हटाएर जानुपर्छ । अन्तमा सुस्वास्थय दिर्धायु एवंम धनधान्नको शुभकामना दिएका थिए।

कार्यक्रमको गेट पन्डाल सौज्नय सहयोग गरेका होटल नेमान लहान, सप्लायर्स स्वागत गेट, उदघाटन ब्यानर सहयोग गरेका थिए। त्यस्तै सुरुङ्गा नगरपालिका गाडी वालुवा ठेकदार जवाहर यादवले ५ हजार सहयोग गरेका थिए। पवित्र जल २० कार्टुन सुरुङ्गा नगरपालिका ४ वस्ने दिपेन्द्र चौधरीले, गोरखा ट्युवर्ग व्यानर सहयोग गरेको थारु कल्याणकारीणी सभा जिल्ला कार्य समितिका सभापति शिव नारायण चौधरीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.