सप्तऋषि अस्पतालले ग्राहकलाई थप सेवा दिँदै

रिपोर्ट नेपाल | 2019 Jul 20 | 09:26 pm 1917

  • महेश सिंह महतो

सिराहा, साउन ४:  लहानस्थित रहेको सप्तऋषि अस्पतालले नयाँ आर्थिक वर्षसँगै सेवा विस्तार गर्न लागेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुभाष साहले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।

अस्पतालको सेवाबाट बिरामीहरु अझ मनमोहित र खुसी भएका छन् । बिगतको बर्ष भन्दा अझ सुलभ र सेवा प्रदायक तथा सुविधायुक्त बनाउने उदेश्यले सबै किसिमको विरामीहरुलाई सुलभ दरमा सेवा प्रदान गर्ने उदेश्यका साथ आफ्नो सेवा विस्तार गर्न लागेको डा साहले बताए ।

हस्पिटलले निरन्तर सेवा दिदै आईरहेका सेवाहरु अन्तर्गत इमर्जेन्सी, प्रसुती, ओप्रेशन, फार्मेसी,ल्याबोरेटरी, भिडियो एक्सरे, फिजियोथेरापी, डिजिटल एक्सरे, आउट पेटेन्ट एण्ड इन पेटेन्ट, क्याविन सेवा सुविधासंगै यस आर्थिक वर्ष २०७६/०७७ देखि एनआइसीयु,हाइ केयर युनिट, सिटि स्क्यान, पेयिंग वार्ड, एच ए, सिएम ए, नर्सिङ्गको ट्रेनिंग, इन्टर शिप जव, सीएमइ संगै वर्कशोप लगायतका सेवा सुविधाहरु सुचारु गरेको जनाएका छन्।

सप्तऋषि अस्पतालका संचालक डाक्टर पशुपति चौधरीले पत्रकार समेलनमा यो कुराहरु छलफल गरेका हुन् ।

अस्पतालले आउने दिनहरुमा विरामीहरुलाई मध्यनजर गर्दै सेवामुखी सेवा प्रदान गर्ने उदेश्यका साथ, प्रत्येक बुधबार ओपिडी सेवामा ५० प्रतिशत छुट र प्रत्येक शनिवार १४ वर्ष सम्मका विद्यार्थीहरुलाई ओपिडी सेवामा ५० प्रतिशत छुट दिने गरेको निर्णय गरेका हुन् ।

अस्पतालले प्रत्येक महिनाको अन्तिम बुधबार निः शुल्क स्वास्थ्य शिविर र प्रत्येक शुक्रबार मधुमेह र थाईराइड, चेकजाँचमा ५० प्रतिशत छुट, गरिने र प्रत्येक मंगलबार फिजियोथेरापी सेवामा ५० प्रतिशत छुट संगै प्रत्येक आईतबार सिटिस्क्यानको मात्र हुने संचालक निर्देशक डाक्टर चौधरीले बताए।

आमा सुरक्षा कार्यक्रम शुरु भएको ९ वर्ष पुरा भएता पनि विगत २ आर्थिक वर्ष देखि बजेट निकासा नहुँदा आमा सुरक्षा कार्यक्रम उधारोमा चलाउन बाध्यता रहेको निर्देशक डाक्टर चौधरीले दुखेसो पोखे ।

अस्पतालमा बच्चा जन्माउन आउने प्रसूति महिलालाई दिने रकम निकासा नहुँदा विगत २ आर्थिक वर्ष देखि फोन नम्बर लेखेर डिस्चार्ज गर्ने गरेको हो । प्रसूति महिलाका लागि प्रदेश सरकारले उपलब्ध गराउने रकम निकासा नहुँदा उधारोमै प्रसूति सेवा दिन बाध्यता रहेको छ ।

०७४/७५ को वैशाख देखि असार सम्म ०७५/७६ को चैत सम्म प्रसूति सेवा उपलब्ध गराएबापत अस्पतालले पाउने प्रोत्साहनबापतको रकम, चारपटक स्वास्थ्य जाँच गराएको र यातायात भत्ताबापतको रकम चालू आर्थिक वर्षको चैत मसान्तसम्मको रुपैया सहित करिब १ करोड ७५ लाख रुपैयाँ बाँकी रहेको अस्पतालका प्रवन्धक रंजन चौधरीले जानकारी दिए ।

पछिल्लो दुई आर्थिक वर्षको बक्यौता रकम निकासा गर्न लहान नगरपालिकाको स्वास्थ्य सेवा विभाग, प्रदेश २ को सामाजिक विकास मन्त्रालय र स्वास्थ्य महाशाखामा पटक–पटक पत्राचार गर्दा पनि वास्ता नगरेको आमा सुरक्षा कार्यक्रम बन्द हुने सम्भावना सिर्जना भएको छ ।

महिनामा करिब ३ सय महिलाको प्रसुती जसमा २५ देखि ३५ जना महिला शल्यक्रियाबाट सुत्केरीको सेवा लिईरहेको छ । आमा सुरक्षा कार्यक्रम अन्तर्गत सरकारले प्रसुती र बच्चाका लागि झोला, बच्चा र आमाको कपडा संगै गाडी भाडा खर्च उपलब्ध गराउदै आएको अस्पताल स्रोतले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.