सत्यवतीमा पहिरो जाँदा जापानमा पीडा

रिपोर्ट नेपाल | 2019 Jul 31 | 08:22 am 1581

काठमाडौं, साउन १५: मानिससँग धन भएर मात्र हुँदैन रहेनछ उसको मन पनि चाहिन्छ भन्ने उदाहरण गुल्मी मुसिकोट नगरपालिका ९ अर्लाङकोट ददल्काका डिलाराम खरेलले देखाइदिएका छन् ।

हप्तादिन अघि आफ्नै आँखा अगाडी १३ जनाले ज्यान गुमाउँदा र सायौंको संख्यामा विचल्लीमा पर्दा पनि धन भएर मन नहुने नेपालमै बस्ने कैयौं कनिष्ठलाई जापानमा बसेर पसिना बगाएर खरेलले पाठ सिकाइ दिएका छन् । नारिश्वर खरेलका सुपुत्र डिलारामले प्रदेशमा पुगेर सपना रेष्टुरेन्ट संचालन गरी आएको रकमबाट थुप्रै परोपकारी काम गर्दै आएका छन् ।

जापानमा आइसिसिको सदस्य समेत रहेका खरेललाई रिपोर्ट नेपालका निर्देशक कृष्ण प्रसाद सापकोटाले भीषण पहिरो र त्यहाँको कारुणीक कथा सुनाएर पछि एकै बचनमा रु १० हजार सहयोग गरेका छन् । मनका धनी डिलाराम खरेलको उत्तरोत्तर प्रगतिको कामना गर्दै सधै भरी खान र दिन पुगोस हार्दिक शुभकामना ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.