सत्यवती गाउँपालिकाले गर्नेभए एक ट्रक बोका निर्यात

रिपोर्ट नेपाल | 2019 Feb 24 | 01:10 pm 2471

गुल्मी, फागुन १२ :  स्थानिय तहको निर्वाचन हुनु भन्दा अघिसम्म मासु र दुधमा अन्यत्रबाट परनिर्भर रहेको गुल्मीको सत्यवती गाउँपालिका अहिले आफैंमा आत्मानिर्भर बनेको छ ।

पालिकाको वडा नम्वर २ र ४ मा २० वटा अष्ट्रेलियन मुलको बोयर बोका वितरण गर्दै गाउँपालिका प्रमुख पारिश्वर ढकालले मासु र दुधमा सत्यवती गाउँपालिका आत्मानिर्भर भएको बताए ।

यस क्षेत्रका किसानका लागि उन्नत विउविजन अन्तरर्गका कार्यक्रम (केयुविके) मार्फत वितरण गरिएको कार्यक्रममा गाउँपालिका प्रमुख ढकालले आत्मनिर्भर भई गाउँपालिका बाहिर दुध दैनिक सय लिटर निर्यात हुन थालेको प्रति खुसी प्रकट गरे ।

पालिका प्रमुखका अनुसार अव यस क्षेत्रबाट मासु समेत निर्यात गर्ने तयारीमा रहेको बताए । उनले केहि दिन पछि एक ट्रक बोका समेत यहाँबाट अरु ठाउँमा निर्यात गर्न गर्ने जानकारी दिए ।

त्यस क्षेत्रका किसानहरुले करिब डेढ बर्ष अघिसम्म तरकारीको उचित बजार नपाउँदा उत्पादित तरकारीहरु कुहेर खेर जाने गरेको थियो । तर, अहिले त्यो समस्या समाधानका लागि गाउँपालिकाले ११ लाख अनुदान दिई एउटा गाडी खरिद गरि दिएको छ । पछिल्लो समय त्यहाँको तरकारी बुटवल सम्म पुराएर बेच्न थालेका स्थानीय किसान बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.