सत्तापक्षकै विद्यार्थी संगठनद्वारा उपकुलपति घेराउ

रिपोर्ट नेपाल | 2019 Feb 18 | 01:41 pm 2159

काठमाडौं,फागुन ६ : आगामी फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थाी युनियनको निर्वाचन अनिश्चितता भएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुबै विद्यार्थी संगठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयका उपकूलपतिको कार्यालय घेराउ गरेका छन्।

स्ववियू निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक गर्न दवाव दिँदै सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका उपकूलपति तीर्थराज खनियाँको कार्यालयमा एक घण्टा घेराउ गरेका हुन्।

नेपाल विद्यार्थी संघको मिलेमतोमा स्ववियू निर्वाचन टार्ने काम उपकूलपतिले गरेको आरोप लगाउँदै अनेरास्ववियूले त्यसको विरोधमा उपकूलपति कार्यालय घेराउ गरेको छ ।

फागुन १४ गतेका लागि तय गरिएको स्ववियू निर्वाचनको कार्यतालिका आजै सोमबार सार्वजनिक गर्नुपर्ने त्रिभुवन विश्वविद्यालयको कार्यतालिकामा उल्लेख गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.