सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अपिल

रिपोर्ट नेपाल | 2022 Dec 23 | 08:00 am 1093

काठमाडाैं, पुस ८ः नेपालमा हाल फैलिरहेको कोरोना संक्रमण ओमिक्रोन भेरियन्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

छिमेकी राष्ट्र चीन र अन्य मुलुकहरूमा फेरि कोरोना संक्रमण बढ्दै गएका बेला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले हालै गरेको जिन सिक्वेन्सिङका क्रममा संक्रमित धेरैजसोमा ओमिक्रोन भेरियन्ट पाइएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका विभिन्न स्थानबाट पछिल्लो एक महिनामा संकलित ४८ वटा नमुनाको जिनसिक्वेन्सिङ गरेको थियो। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.