सडकको माथिबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु

| 2021 Jun 20 | 12:18 pm 2653

बाजुरा, असार ६ः जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–३ घोटकन्यामा आइतबार कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत ३८ वर्षीय दिलबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए।

हिमाली गाउँपालिकाका–४ रुगिन घर भएका भण्डारीको घटनास्थलमै मृत्यु भएको उनले बताए । मृतक भण्डारीको टाउकामा ढुङ्गा लागेपछि  घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.