सडक सुरक्षा सचेतता कार्यक्रममा ६ सय ८६ जना चालक सहभागी

| 2023 Apr 09 | 08:09 am 1053

काठमाडौँ, चैत २६ः उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले शनिबार सञ्चालन गरेको सडक सुरक्षा सचेतता कार्यक्रममा ६ सय ८६ जना चालकहरू सहभागी भएका छन् । सडक सचेतता कार्यक्रममा कालिमाटीमा १ सय ५० जना, कमलविनायकमा १ सय १० जना, नगरकोटमा ६० जना, सातदोबाटोमा ५७ जना, थापाथलीमा ४८ जना, सोह्रखुट्टेमा ४०
जना, साँखु र कीर्तिपुरमा ३०–३० जना, नयाँबसपार्क,कपन, भक्तपुर, नेपालटारमा २५–२५
जना, फर्पिङमा २० जना, काँडाघारीमा १७ जना, कमलपोखरीमा १५ जना र टोखामा ९ जना
गरी ६ सय ८६ जना चालकहरू सहभागी भएका हुन् ।

कार्यक्रममा चालकहरूलाई मादक पदार्थ सेवन, लागुऔषध सेवन, र ढोका खुल्ला गरी सवारी
चलाउँदा हुने दुर्घटना र त्यसबाट हुने धनजनको क्षतिका विषयमा जानकारी गराइएको थियो ।
त्यस्तै तिव्र गति, आरक्षण सिट, रातो बत्ती, फुटपाथ पार्किङ, सडक लेन लगायतका विविध
ट्राफिक नियम तथा कानूनका बारेमा पनि सजग गराइएको थियो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद
भट्टले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतता अभिवृद्धि गर्ने उद्देश्यका साथ चालक
लक्षित चेतनामूलक कार्यक्रम गरिएको बताए ।

ट्राफिक प्रहरी कार्यालयमै बोलाएर कार्यक्रम गर्दा चालकको समय अभाव हुने भएकाले समय
अभावलाई मध्येनजर गरी On-the-spot चेतनामूलक कार्यक्रम गरिएको पनि उनले बताए ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक प्रहरी कार्यालयहरूले
सडक संस्कारको अभिवृद्धि र दुर्घटना न्यूनीकरण गर्न विभिन्न अभियाननै चलाएर चालक सहित
सडक प्रयोगकर्ता लक्षित चेतनामूलक कार्यक्रम गर्दै आएको समेत प्रवक्ता भट्टले जानकारी
दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.