सडक सञ्जालले जोडियो नेपाल र सिक्किम

रिपोर्ट नेपाल | 2021 Jan 29 | 08:56 am 1917

काठमाडाैं, माघ १६ः भारतको सिक्किम नेपालसँग सडक सम्बन्धले जोडिएको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुवाती विन्दु मानिएको पाँचथरको चिवाभन्ज्याङमा सिक्किमतर्फबाट सडकको ट्रयाक जोडिएको हो ।

नेपाल तर्फ सिमानामा सडक भएपनि भारतर्फ थिएन । लामो समयको पर्खाइपछि भारतबाट निर्माण गरिएको सडक चिवाभन्ज्याङमा जोडिएको छ । सडकको ट्रयाक खुलेसँगै गाडी पनि आइपुगेका छन् ।

पश्चिम सिक्किमको उत्तेरबजापालको चिवाभन्ज्याङसम्म सडक जोडिएको हो । यो ट्रयाक खुलेसँगै सिक्किमको नेपालसँग सिधासम्बन्ध स्थापना भएको छ । उत्तरेबाट सोक्पाखा, जरिबुटे, भालुवाले हुँदै चिवाभन्ज्याङसम्म सडक आइपुगेको हो । सोक्पाखाबाट चिवाभन्ज्याङसम्मको सडक २५ किलोमिटर लामो छ ।

यो क्षेत्रका लागि मात्र होइन, सिंगो सिक्कमका लागि यो महत्त्वपूर्ण हो । यो सिक्किम सरकारको प्राथमिकताको योजना थियो ।  नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.