सडक नाली खन्नेक्रममा माटोको ढिस्कोले पुरेर एक जनाको मृत्यु

| 2022 Jan 28 | 01:46 pm 1557

उदयपुर, माघ १४: उदयपुरमा सडक नाली खन्नेक्रममा माटोको ढिस्कोले पुरेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी बेदप्रसाद गौतमका अनुसार त्रियुगा नगरपालिका- १० बोक्सेका ५६ वर्षिय झर्कबहादुर सार्कीको मृत्यु भएको हो ।

घर नजिकको सडक नाली बनाउनका लागि खन्नेक्रममा माथिको माटोको ढिस्को बग्दा सार्कीलाई पुरेको हो । माटोले ढिस्कोले पुरे लगत्तै स्थानीयले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पुर्‍याएका थिए ।

शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका सार्कीलाई थप उपचारका लागि कोसी अस्पताल विराटनगर पठाइएकोमा उपचारका क्रममा बिहीबार राती मृत्यु भएको डीएसपी गौतमले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.