सडक दुर्घटनामा परी सिरहामा एक महिलाको मृत्यु

रिपोर्ट नेपाल | 2020 May 08 | 08:19 am 1985

  • महेश सिंह

सिरहा, बैशाख २६ः पूर्वपश्चिम राजमार्ग अन्तरगत सिरहको गोलबजारमा ट्रकको ठकरबाट एक महिलको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका–१० की ३५ वर्षीया विन्दा साफी रहेकी छन्।

पश्चिमबाट पूर्वतर्फ आइरहेको ना ५ ख ३३०९ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलमा सबार साफीकाे मृत्यु भएकाे हाे । उनी विष्णुपुर गाउँपालिकामा आफन्तकोमा गइरहेका बेला मैनाबत्ति पुलको विचमा एकैपटक दुईवटा ट्रक आएपछि डराएर साइकल अनियन्त्रित भइ साइकल ट्रकमा ठोक्किएको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर जनक पुरीले जानकारी दिए ।

ट्रकले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि अस्पताल लहानमा राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.