सडक दुर्घटना मानवीय त्रुटिको कारण हुने गर्दछः ट्राफिक प्रहरी प्रमुख महतो

रिपोर्ट नेपाल | 2020 Feb 16 | 12:43 pm 1977

महेश सिंह सिरहा, फागुन ४: प्रदेश २ का जिल्लाहरुमा वर्षेनी बढदो सडक दुर्घटनालाई न्युनिकरण गर्न तथा ट्राफीक नियम बारेमा जनमानसमा सचेतना गराउने उदेश्यले विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको ट्राफिक प्रहरीका (एसपी) श्याम कुमार महतोले बताए ।

प्रदेश नम्बर २ का ट्राफिक प्रहरी कार्यालय पथलैयाले प्रदेश २ को ८ वटै जिल्लाहरुमा मानवीय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेतना मूलक विभिन्न कार्यक्रमहरु प्रत्येक दिन ट्राफिक प्रहरीको प्रमुख महतोले आफै गाउँ–गाउँ जिल्ला–जिल्ला र स्कुल, कलेजहरुमा गएर संचालन गरिरहेको छ ।

हामी ट्राफिक नियम बारे सचेत हुँदा हुँदै समेत जानी जानी नियम उल्लघंन गर्छौ हाम्रो सानो गल्तीले अन्य सर्वसाधारणको ज्यान जोखीममा परीरहेको हुन्छ त्यसकारण तपाई हामी सबैको दायीत्व हो ट्राफीक नियम पालन गरौँ एसपी महतोले भने । सिरहाको लहान स्थित रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयमा गरेको पत्रकार समेलनमा यस्तो बताउदै सिरहामा ९० प्रतिशत दुर्घटना असावधानीका कारण हुने गरेको एसपी महतोले बताए ।

ट्राफिक प्रहरी कार्यालय सिरहाले आयोजना गरेको दुर्घटना न्यूनिकरण सम्वन्धि ट्राफिक जनचेतना कार्यक्रममा एसपी महतोले चालकले साबधानी अपनाउनसके धेरै दुर्घटना न्यूनिकरण गर्न सक्ने बताए।

तीब्र गतिमा सवारी चलाउनु, धूम्रपान, मध्यपान ,मादक पदार्थ सेवन गरेर चलाउदा बढी दुर्घटना हुने बताए । असावधानीको कारण दुर्घटनामा वृद्धि भएको उनको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटनाका घटना सिरहामा १५ प्रतिशतले दुर्घटना बढेको एसपी महतोले बताए ।

दुर्घटनाको मुख्य कारण मानविय त्रुटीभएकोले सचेतनाको जरुरी भएको बताए ।

सिरहामा यस वर्षको साउन देखि पुषसम्ममा ९८ वाटा सडक दुर्घटना भएका छन् । दुर्घटनामा परी जम्मा ३२ जनाले ज्यान गुमाएका छन् । भने घाइते १ सय ६७ जना भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरिक्षक खगेन्द्र एक्तेनले बताए ।

कार्यक्रममा लहान स्थित रहेको जेएस मुरारका बहुमुख क्याम्पसमा गरिएकाु थियो ।

विद्यार्थी र प्राध्यापकहरुको प्रशिक्षण कार्यक्रममा क्याम्पस प्रमुख तुलसी राम पोखरेलले भने हामीले ट्राफिक नियमको पालना गर्छौ भने, हामी नै सुरक्षित रहन्छौ, हाम्रो ज्यान जोगिन्छ त्यसैले सवारी साधन चलाउनु भन्दा पहिले सुरक्षा अपनाइ मात्र सवारी साधन प्रयोग गरौं । यस्तो सचेतना कार्यक्रमहरु फेरि फेरि पनि हाम्रो क्याम्पसमा संचालन गर्नका लागि आग्रह गरे ।

उक्त कार्यक्रममा अतिथिहरु सहायक क्याम्पस प्रमुख सजन कुमार साह , नेपाली कांग्रेसका लहान नगर अध्यक्ष सचिता नन्द चौधरी, सुनिल साह, नेपाल पोस्ट दैनिकका प्रधान सम्पादक पत्रकार महेश सिंह, लहान नगरपालिकाका ७ का वडा अध्यक्ष राकेश रोशन गुप्ता , प्राध्यापक भोला बिश्वक्रममा ,राष्ट्रिय विद्यार्थी संघका विद्यार्थी नेता बिशुन देब सरदार , नेबि संघ का महेश साह लगायत क्याम्पसका सयौं विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.