कास्की, साउन २३: बिहिबार सडक डिभिजन कार्यालय पोखराका प्रमुख तथा इन्जिनियरलाई अख्तियारको टोलिले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डिभिजन सडक कार्यालय पोखराका प्रमुख हरि कुमार पोख्रेल र इन्जिनियर पबित्रमणि आचार्य रहेका छन् ।
उनीहरूलाई साँझ करीब ७ बजेको समयमा प्रमुखको क्वाटरबाट ९ लाख रुपैयासहित अख्तियारको टोलिले पक्राउ गरेकाे हाे ।
बिन्ध्यवासिनी हरिचोक बाटो निमार्णको ठेक्का पाएको जिएमआर कम्पनिका ठेकेदार ऋषि आचार्य र इन्जिनियर पबित्रमणि आचार्य पैसा बोकेर प्रमुख हरि प्रसादको क्वाटरमा गएका थिए ।
उनीहरुले झोलामा लगेको ९ लाख रुपैया हरि प्रसाद पोख्रेललाई बुझाएको र पोख्रेलले सो रकम राख्नका लागि आफ्ना भान्सेलाई दिएका थिए । उनका भान्सेले सो रकम लेखा अधिकृतका भान्सेलाई राख्न दिएको समयमा अख्तियारको टोलिले बिशेष सुचनाको आधारमा पक्राउ गरेको हो ।
उक्त नगद बिन्ध्यवासिनी हरिचोक बाटो निमार्णको ठेक्का लेनदेनको हुनसक्ने आशंका श्रोतको रहेको छ । यसरी सडक डिभिजन कार्यालयका प्रमुख र इन्जिनियरको सेटिङमा पैसाको लेनदेनमा भएको खुल्न आएको छ ।