सञ्चारकर्मीलाई बरिष्ठ नेता पौडेलद्वारा स्वास्थ्य र सौन्दर्य सामाग्री हस्तान्तरण

रिपोर्ट नेपाल | 2020 Jun 11 | 07:06 pm 1975

काठमाडौं, जेठ २९ः हरिपृया-प्रकाश फाउन्डेसनबाट काठमाडौं, ललितपुर र भक्तपुरसहित देशको विभिन्न स्थानमा फ्रन्टलाईनका पत्रकारलाई सहयोग गर्ने क्रममा बिहीवार बरिष्ठ नेता रामचन्द्र पौडेल मार्फत स्वास्थ्य र सौन्दर्य सामाग्री नेपाल प्रेस युनियनलाई हस्तान्तरण गरेका छन् ।

बरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा कोरोना संक्रमण रोकथाम र सिमामा नेपालीमाथिको पीडा बारे आफूले सरकारको ध्यानाकर्षण गराएको बताउँदै युवानेता क्षितिज भण्डारी र हरिपृया फाउन्डेसनले सामाजिक सेवाको क्षेत्रमा अनुकरणिय काम गरेको बताए ।

बरिष्ठ नेता पौडेलद्वारा पिपिई, एम ९५, फेस सिल्ड सहित ५ सय वटा मास्क, सेनेटाईजर, डाबर नेपालको जुस, हिमालयको फेसवास, तेल, सैम्फु सहित सामाग्री नेपाल प्रेस युनियनका उपमहासचिव सलोजा दाहाल, दिपा आले, कल्पना शर्मा र रोजि ढकाललाई हस्तान्तरण गरे ।

कार्यक्रम नेपाल प्रेस युनियनका नेता शिव लम्साल, शिव भट्टराई, ईन्द्र रिजाल, महासचिव अजयबाबू शिवाकोटी, सचिव खिला कार्कीलाई हस्तान्तरण गरिएकाे भुवन भट्टले बताए ।

सामाजिक सेवाभावले फाउन्डेसनले नेपालका पत्रकार सहित १० हजार नागरिक, अनाथ वालवालिकालाई लाखौंको राहत बितरण गरिएको सामाजिक अभियन्ता क्षितिज भण्डारीले बताए ।

स्वर्गीय भण्डारीको ईतिहास केलाउदा डोटिको जैनोलीमा धर्मराज पन्तको कोखबाट जन्मिएर बिए सम्म अध्ययन गरेर साहित्यकार, लेखिकाको रुपम कलम चलाउथिन्।

कैलालीमा तत्कालीन नेपाली कांग्रेस नगर सभापति प्रकाशनारायण भण्डारीसंग बिवाह पश्चस्त दुई दशक नेपाल महिला संघ जिल्ला र केन्द्रको नेतृत्व गर्दै कांग्रेसको महासमिति सदस्य हुँदै समानुपातिक सांसद उम्मेदवार समेत भइन् ।

नागरिकमा कोरोनको मनोबैज्ञानिक त्रास हटाई, लक डाउनमा राहत दिन मन र शरिरको सुन्दरतालाई सहित स्वास्थय सामाग्री बितरण गरिएकोप्रति नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले सबैलाई धन्यवाद दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.