सञ्चार उपकरणमा समस्यापछि त्रिभुवन विमानस्थलको उडान–अवतरण बन्द

| 2023 Apr 23 | 04:28 pm 981

काठमाडौं, बैशाख १०ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान तथा अवतरण बन्द भएको छ । सञ्चार उपकरणमा आएको समस्याका कारण उडान तथा अवतरण बन्द भएको विमानस्थलले जनाएको छ ।

उपकरणमा समस्या आएर उडान रोकिदा आन्तरिक तथा बाह्य उडान प्रभावित भएका छन् । टावरबाट नजिकै रहेका जहाजहरुसँग सञ्चार स्थापित गर्ने फ्रिक्वेन्सीले काम नगरेपछि उडानहरु प्रभावित बनेका हुन् ।

कतिपय मोफसलबाट काठमाडौंका लागि उडेका जहाजहरु समेत सम्बन्धित विमानस्थलमा फिर्ता पठाउनु परेको बताइएको छ । टावरबाट नजिकै रहेका जहाजहरुसँग सञ्चार स्थापित गर्ने फ्रिक्वेन्सीले काम नगरेपछि उडानहरु प्रभावित बनेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.