सगरमाथाको सर्भे गर्न चिनियाँ विमान प्रयोग

रिपोर्ट नेपाल | 2020 Jun 04 | 07:41 am 2512

काठमाडाैं, जेठ २२ः आज भाेली नेपाली आकाशमा चिनियाँ विमान फाट्टफुट्ट उडेको देख्न सकिन्छ। तर, ती व्यावसायिक वा चार्टर्ड उडान भने होइन ।

अन्य कुनै उद्देश्य नभई सगरमाथाको उचाइ लिनका लागि चिनियाँ विमान आकाशमा उडेका नेपाल उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । चीनले आफ्नो क्षेत्रबाट सगरमाथाको उचाइ नाप्ने प्रक्रियाअन्तर्गत सर्वेक्षण सुरु गरेको हो ।

दुईदेशबीचको कूटनीतिक सम्झौतापछि सरकारको निर्देशनमा नै सगरमाथा क्षेत्रमा चिनियाँ सर्वेक्षण विमान उडानका लागि अनुमति दिइएको महानिर्देशक पोखरेलले बताए । अन्नपूर्ण पाेष्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.