सगरमाथा चौधरी आँखा अस्पताल लहानमा कोर्नियाको कार्यक्रम सम्पन्न

| 2019 Nov 24 | 01:07 pm 4211

  • महेश सिंह

सिरहा, मंसिर ८: एउटा छुट्टै इतिहास बोकेको सागरमाथा चौधरी आँखा अस्पताल लहानले नेपाल र भारतका बिरामीलाई सेवा दिई रहेको छ ।

लहानस्थित रहेको यस आँख अस्पतालमा नेपालम मात्र नभई भारतका बिरामीहरुको समेत घुइँचो लाग्ने गरेको पाइन्छ ।

पछिल्लो केही वर्षदेखि आँखाको कोर्नियामा देखिने समस्यालाई सहज तरिकाले उपचार गर्ने उद्देश्यले यस सगरमाथा चौधरी आँखा अस्पताल लहानले कोर्निया सम्मेलन गरेको छ ।

सगरमाथा चौधरी आँखा अस्पताल लहानले दशकौंदेखि आँखाको रोगीहरुलाई उपचार गरिरहेको छ । अस्पतालमा दैनिक झण्डै दुई हजारको हाराहारीमा आँखाको रोगीहरु उपचार गराइरहेका छन् ।

उक्त सम्मेलनमा आँखाको संवेदनशीलतालाई मध्यनजर गर्दै सहज उपचार विधि अपनाउनको लागि युगाण्डा तथा बेलायतका आँखा विशेषज्ञ सहित नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्राध्यापक डाक्टर चेतराज पन्थी लगायत अधिराज्यभरिका आँखा उपचारमा संलग्न विषय विशेषज्ञहरुको उपस्थिति रहेका थिए ।

सगरमाथा चौधरी आँखा अस्पतालले आँखा सम्बन्धी हुने सबै समस्यालाई उपचार गरिरहेको भए पनि कोर्नियामा हुने समस्याको संवेदनशीलता हेरेर सहज तरिकाले उपचार गर्नको लागि सम्मेलनको आयोजना गरिएको अस्पतालका प्रबन्धक अभिषेक रोशनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.