सगरमाथा आरोहण गर्न नक्कली अनुमति पत्र बनाउने तीन पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 04 | 06:25 pm 3753

काठमाडौँ, १८ असोज : सगरमाथा आरोहण गर्न नक्कली आरोहण अनुमति पत्र बनाउने तीन जना कर्मचारी पक्राउ परेका छन् । सेभेन सुम्मीत ट्रेक पिभिटी (Seven Summit Treks Pvt.Ltd ) का तीन जान कर्मचारीलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगन्जले जनाएको हो ।

पक्राउ पर्नेमा सेभेन सुम्मीत ट्रेक कम्पनीका बजार प्रबन्धक (Marketing Manager) फुर्तेन्जी शेर्पा र लेखापाल विजयश्वर अर्याल र कर्मचारी निभेश कार्की रहेका छन् ।   केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगन्जले २९ वर्षीय निभेश कार्कीलाई असोज १ गते काठमाडौंको ठमेलबाट, ४१ वर्षीय विजयश्वर अर्याललाई असोज ४ गते महाराजगन्जबाट र स्थाई घर संखुवासभा, मकालु गाउँपालिका वडा नं- ०१ भएका अन्दाजी ३० फूर्तेन्जी शेर्पालाई असोज ४ गते सोलु, पासाङल्हामु गाउँपालिका -४, फोरसेबाट पक्राउ गरेको हाे ।

सेभेन सुम्मीत ट्रेकको मिलेमतोमा मिति असोज ३० गते म‌गलबार सगरमाथा आरोहण गर्न तयार भएको  14 Peak Experience Everest Expedition 2018 नामक आरोहण दलको आरोहण नक्कली अनुमति पत्रसहित उनीहरूलाई पक्राउ गरेको सिअार्इबी जनाएको छ  ।

सिआर्इबीको अनुसार पर्यटन विभागबाट १२ जनाको सगरमाथा आरोहण अनुमति पत्र लिएका थिए । उनीहरूले त्यो १२ जनाको सक्कली अनुमति पत्र लुकाई सोही मिति र परमिट नं.राखी १२ जनाको  नाममा १ जना चाइनिज नागरिक र १ जना अष्ट्रेलियन नागरिकको नाम थप गरी १४ जनाको नाम भएको अर्को किर्ते आरोहण अनुमति पत्र तयार गरेर बुझाएका थिए ।

14 Peak Experience Everest Expedition 2018 नामक दलको सम्पर्क अधिकृतको रूपमा खटिएका कर्मचारीले पर्यटन विभागबाट बुझिलिएको सक्कली आरोहण पत्रको फोटोकपी सगरमाथा प्रदूषण नियन्त्रण समितिमा विभागका कर्मचारी र ट्रेकिङ एजेन्सीका कर्मचारीले बुझाएको थियो । उक्त पत्रहरूमा एकै मिति र एकै परमिट नं. को पत्रमा आरोही संख्या फरक बुझाएका थिए । त्यसपछि  किर्ते अनुमती पत्र बनाएको खुलेको हो ।

डिपार्मेन्ट प्रमुख निभेश कार्की , लेखापाल अर्याल र बजार प्रबन्धक फुर्तेन्जी शेर्पाले १४ जनाको सट्टा पर्यटन विभागबाट १२ जनाको मात्र परमीट निकाल्ने र बाँकी २ जनाको परमीट शुल्क बापतको अमेरिकन डलर २२,००० लिई तीन जनाले बाँड्ने तयारी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिआईबीले जनाएको छ ।

अमेरिक डलर  २२,००० मध्ये विजयश्वर अर्यालले रु ७,३५,०००,फुर्तेन्जी शेर्पाले ७२०० डलर र बाँकी रकम निभेश कार्कीले लिएको समेत सिआईबीले जनाएको छ । उनहिरुमाथि थप अनुसन्धान भइरहेको समेत सिआईबीले जनाएको छ ।

सगरमाथा आरोहणमा जाने अन्तिम दलमा सक्कली आरोहण पत्रानुसार चाईनिज नागरिक ८ जना, ईन्डियन २ जना, स्पेन १ जना र ब्रिटेन १ जना रहेकोमा नक्कली आरोहण पत्रमा थप भएका २ जना मध्ये १ जना चाइनिज र १ जना अष्ट्रेलियन नागरिक रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.