संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी

रिपोर्ट नेपाल | 2020 Nov 23 | 03:52 pm 3682

काठमाडाैं, मंसिर ८ः संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी भइरहेको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बताएका छन् ।

साेमबार सिंहदरबारमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै सभामुख सापकोटाले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकार र राजनीतिक दलहरुसंग छलफल भइरहेको बताए।

एक अधिवेशन र अर्को अधिवेशनबीचको अन्तर ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार आगामी पुष १७ भित्रै अधिवेशन शुरु गर्नुपर्ने व्यवस्था छ । तर त्यसअघि नै संसद बोलाउन अधिकतम प्रयास भइरहेको सभामुख सापकोटाले बताए ।

सभामुख सापकोटाले संसद नचलेका बेला सरकारले ल्याएको अध्यादेशहरुमा सदनमा छलफल हुने उल्लेख गरे ।
संघीय संसद्को वर्षे अर्थात् बजेट अधिवेशन गत असार १८ गते अन्त्य भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.