काठमाडौं, पुस २६ : राज्यबाट शान्ति सुरक्षाको जिम्मेवारी पाएको प्रहरी संगठनका अधिकृतहरुको देश सेवा प्रतिको मोह हुने हो भने जनतासँग हातेमालो गरेर समाजलाई चेतनशील बनाउन सकिन्छ भन्ने उदाहरण महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले देखाएको छ ।

नेपाल प्रहरीले हालै अवलम्बन गरेको समुदाय–प्रहरी साझेदारी अन्तर्गत बिहिबार बिहान जनप्रतिनिधि, समाजसेवी र स्थानीयहरुको प्रत्यक्ष सहभागितामा नयाँबानेश्वरमा रहेको छक्कु वक्कु मन्दिर लगायत १० नम्बर वडाका विभिन्न स्थानमा प्रहरीको अगुवाइमा सरसफाई गरियो ।

प्रदेश सभाका सभासद् लगायतको उपस्थितिमा भएको सरसफाई अभियानले आफ्नो घर वरीपरिका सरसफाई आफैँ गर्नुपर्छ भन्ने चेताना दिएको महसुस गरिएको छ ।
प्रहरीले आजै अपराह्न नयाँबानेश्वरमा रहेको सिभिल अस्पतालमा समेत सरसफाई गर्नुे कुरा वुत्तका डिएसपी गोविन्द काफ्लेले बताए ।