संविधानसभा सदस्य थापाको निधन

रिपोर्ट नेपाल | 2022 Jan 31 | 08:47 am 1457

अर्घाखाँची, माघ १७: अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित संविधान सभा सदस्य दुमन सिंह थापाको निधन भएको छ। एमालेबाट निर्वाचित पूर्व संविधान सभा सदस्य दुमन सिंह थापाको काठमाडौंमा गए राति निधन भएको हो।

थापाले दुई वटै मृगौला प्रत्यारोपण गरेका थिए। उनको ६२ वर्षको उमेरमा निधन भएको हो। उनले वि.सं. २०७० सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट संबिधान सभामा तत्कालीन एमालेबाट चुनाव जितेका थिए। हाल उनी नेकपा (एस)मा थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.