संरक्षित वन्यजन्तुको आखेटोपहार सहित २ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Nov 04 | 05:37 pm 1506

काठमाडौं, कात्तिक १८: अवैध रुपमा संरक्षित वन्यजन्तुको आखेटोपहार (छाला) सहित दुई जनालाई सिआइबीले पक्राउ गरेको छ ।

पक्राउ गर्नेमा काभ्रेपलाञ्चोक धुलीखेल नगरपालिका वडा नं ९ का २४ वर्षीय सरोज लम्साल र रामेछाप दोरम्बा गाँउपालिका वडा नं ५ का २५ वर्षीय सुरेन्द्र श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

संरक्षित वन्यजन्तुको छाला (आखेटोपहार) अवैध रुपमा ओसार पसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा आइतबार काठमाडौं महानगरपालिका वडा नं ३२ सिनामंगलबाट पक्राउ गरिएको सिआईबीले जानकारी दिए ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीका लागि सोमबार डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौं बुझाएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.