एजेन्सी, भदौ २ : संयुक्त राष्ट्र संघ (युएन)का पूर्वमहासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा निधन भएको छ। शनिबार स्विजरल्याण्डको राजधानी बेरनमा उनको मृत्यु भएको हो।
उनको स्विजरल्याण्डको राजधानी बेरनमा भएको हो। अफ्रिकी मुलुक घानामा सन् १९३८ मा जन्मिएका अन्नानले सन् १९९७ मा सयुक्त राष्ट्र संघको सातौँ महासचिवको रूपमा सेवा आरम्भ गरेका थिए।
उनी अफ्रिकन कालाजातिका विश्व उत्कृष्ट कूटनीतिज्ञ मानिन्छन्। युएनमा रहेर मानवअधिकारका क्षेत्रमा कार्यगरेबापत उनलाई नोवेल शान्ति पुरस्कारले सम्मान गरिएको थियो। झण्डै १० वर्षसम्म युएनको प्रमुख रहेका उनलाई सन् २००१ मा नोबेल पुरस्कार दिइएको थियो।