संघीयताको औचित्य रहेनः विप्लव

रिपोर्ट नेपाल | 2022 Dec 09 | 02:24 pm 1145

कपिलवस्तु, मंसिर २३ः मुलुकमा सघियताको औचित्य नभएको नेपाल कम्युनिष्ट पार्टिका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता विप्लवले हालको नेता व्यवस्थापन सघियताभन्दा जनताको समानुपातिक संघियता आवश्यक भएको औंल्याए ।

उनले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरुको औचित्य नभएको प्रस्टाउदै पछिल्लो समय राज्यको आर्थिक संकटताले मुलुकको अवस्था निकै कमजोर भएको जनाउदै राज्यले बिशेष आर्थिक निति नल्याए नेपाल श्रीलंका भन्दा थप संकटमा पर्ने उल्लेख गरे ।

साक्षात्कार कार्यक्रममा पत्रकारहरुले जनक्रान्तीको आवश्यक रहेको छ भन्दै यहाहरुको पार्टी अगाडि बढिरहेको छ,के नेपालमा अझै सम्म क्रान्ती नसकिएको हो र भन्ने जिज्ञासामा नेता विप्लवले हामिले थालेको क्रान्ती मान्छे मार्ने नभई वैज्ञानिक समाजवाद ल्याएर आर्थिक क्रान्ती गरि देशको स्वाधीन अर्थतन्त्रको क्रान्ती भएको प्रस्ट पारे ।

साथै उनले सम्पन्न मंसिर ४ को निर्वाचनले जनतामा खुसी नछाएको जनाउदै थप संकटता तर्फ धकेलेको जनाए । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा गरिएको ३ बुँदे सहमति भएको र वर्तमान सरकार संग पनि सहमति कार्यान्वयन गर्नका लागि विभिन्न कोणबाट छलफल भईरहेको बताए ।

पछिल्लो समय नेपालमा कम्युनिष्ट पार्टिहरु एक हुनुपर्नेमा जोड दिदै उनले नेपाललाई सिध्याउन चाहाने विदेशी शक्तीहरुको निन्द्रा हराम भएको जिकिर गरे । कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.