संघीय संसदमा छिर्यो कोरोना

रिपोर्ट नेपाल | 2020 Aug 06 | 04:23 pm 3801

काठमाडौं, साउन २२ः संघीय संसद भवनमा पनि कोरोना प्रवेश गरेको छ । संघिय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना पुष्टि भएको हो ।

उनलाई कोरोना पुष्टि भएसंगै उनको सम्पर्कमा रहेकाहरुको पनि कोरोना परिक्षण गरिएको छ । संसद सचिवालय स्रोतका अनुसार कोरोना परिक्षणका लागि पाण्डेको स्वाब मंगलबार दिइएको थियो । त्यसको परिणाम बिहीबार आएको हो ।

उनको कोरोना रिपोर्ट पोजेटिभ आएपछि सम्पर्कमा रहेकाको खोजी गरिएको थियो । पाण्डे प्रतिनिधिसभा सदस्य प्रदिप यादवसहितको टोली वन व्यवस्थापनको अनुगमनका लागि केही दिनअघि सिन्धुली गएका थिए ।

पाण्डेसहित ८ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । पाण्डेमा पुष्टि भए पनि उनीसँगै गएका अन्य सदस्यको भने रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.