संघीय प्रहरी ऐन चाँडो जारी गर्नुपर्छ : प्रधानमन्त्री

| 2018 Oct 11 | 09:06 am 1552

काठमाडौं, असोज २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीको संघीय संरचनामा सहज रुपान्तरणका लागि संघीय प्रहरी ऐन चाँडो ल्याउन आवश्यक भएको बताएका छन्।

६३ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधानकार्यालय नक्सालमा आयोजित कार्यक्रमलार्इ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकका सबै निकायहरु संघीय संरचनामा रुपान्तरण भइसकेकोले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने र सुरक्षा दिने नेपाल प्रहरीको पनि संघीय संरचनामा रुपान्तरण चाँडै गर्नुपर्ने बताए। उनले भने, ‘नेपाली प्रहरीको संघीय संरचनामा सहज रुपान्तरणका लागि संघीय प्रहरी ऐन चाँडै जारी गर्नुपर्ने आवश्यकता भइसकेको छ।

प्रधानमन्त्री ओलीले नेपाल प्रहरी अपराध अनुसन्धानमा अब्बल छ। त्यो साख कायम राख्‍न लाग्नुपर्ने सुझाव व्यक्त गरे। नेपाल प्रहरीले नेपालको मात्र नभइर शान्ति मिसनको माध्यमबाट विश्वका विभिन्‍न देशमा समेत सुरक्षा प्रदान गरिरहेको भन्दै प्रधानमन्त्री ओली उनीहरुको योगदानको प्रशंसा गरे।

प्रविधिको माध्यमबाट हुने अपराध तथा अन्तरदेशिय अपराध नियन्त्रणका लागि पनि प्रहरी संगठन लाग्‍नुपर्ने बताए। उनले भने, ‘प्रविधिको माध्यमबाट हुने अपराध र अन्तरदेशिय अपराध अनुसन्धानका लागि चाहिने आवश्‍यक सामाग्री र जनशक्ति प्रदान गर्न सरकार प्रतिबद्ध रहेकोसमेत बताए।

मुलुको विकासका लागि सुरक्षा संवेदनशिलता प्रमुख भएको उनले बताए। प्रहरीमाथि राज्यको ठुलो लगानी र विश्वास भएको त्यो साखलार्इ बचाइराख्‍न समेत प्रधानमन्त्री ओलीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.