श्रोत नखुलेको रुपैयाँसहित सशस्त्र प्रहरीको नियन्त्रणमा

रिपोर्ट नेपाल | 2023 Feb 13 | 04:11 pm 1281

पर्सा, फागुन १ः सशस्त्र प्रहरी बल नेपाल बिओपी वीरगंजले श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित माघ २९ गते एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित शंकराचार्य गेटबाट सोही महानगरपालिका १६ ईनर्वा बस्ने २५ बर्षिय प्रवेश कुमारलाई नियन्त्रणमा लिएको हो ।

बिआर ०५ एभी ३४७७ नम्बरको मोटरसाईलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनले हेल्मेटभित्र लुकाई छिपाई ल्याउँदै गरको उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिर्ईएको हो ।

सशस्त्र प्रहरीले उनको साथबाट १ हजार दरको ७ सय ५० वटा र १ सय दरको ५ सय
वटा नोट फेला पारेको छ । उनलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि
जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.