श्रोत नखुलेको नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीद्वारा एक पक्राउ

| 2021 Aug 31 | 08:08 pm 1917

सप्तरी, भदाै १५ः जिल्लाको बोदेबर्साईन नगरपालिका ९ सुभरनपट्टिबाट  सशस्त्र प्रहरीले ६ लाख ३३ हजार १ सय ९० नेपाली रुपैयाँ तथा  भारतीय ९८ रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवन जिल्ला लौकही ग्राम पञ्चायत ४ घर बताउने ५० वर्षीय श्याम राय रहका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज रायलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सुभरनपट्टिबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको हो ।

त्यसवेला सशस्त्र प्रहरीले उनको साथबाट एक थान मोवाईल सेट समेत बरामद गरेको छ । पक्राउ परेका रायलाई बरामद रुपैयाँ तथा मोवाईल सेटसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय तिलाठी सप्तरीमा बुझाईएको छ ।

लागूऔषधसहित एक पक्राउ
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका २ भन्सार ईलाकाबाट मंगलबार सशस्त्र प्रहरीले १ सय वटा प्रोक्सीवाल ट्याब्लेट र ५० वटा निट्राभेट ट्याब्लेटसहित कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका ५ गजरौला बस्ने १८ वर्षीय राहुल ताम्राकारलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट त्रिनगरबाट खटिएको सशस्त्र प्रहरीले निज ताम्राकारलाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो ।

पक्राउ परेका ताम्राकारलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

सालको गोलिया काठ बरामद
रौतहट जिल्लाको कटहरीया नगरपालिका १ स्थित बकैया खोलाको किनारबाट सशस्त्र प्रहरीले करीव २ लाख १७ हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ ।

उल्लेखित मुल्य बराबरको ६२ क्यूफिट सालको गोलिया काठ सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश जङ्गलशैयाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ वन कार्यालय जंगलशैयाँमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.