श्रृंखलाले जितिन् मिस वर्ल्डको मल्टिमिडिया अवार्ड

| 2018 Dec 04 | 06:49 am 2171

काठमाडौं, मंसिर १८: मिस नेपाल श्रृंखला खतिवडाले चीनमा जारी मिस वर्ल्ड अन्तरगत मल्टिमिडिया अवार्ड जितेकी छिन् । यससँगै अन्तिम ३० मा उनको स्थान सुरक्षित भएको छ ।

सोमबार सार्वजनिक भएको नतिजामा श्रृंखलाले १ सय १९ देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै सो महत्वपूर्ण अवार्ड जितेकी हुन् । नेपालकी प्रतियोगीले यो अवार्ड जितेको पहिलोचोटि हो ।

बिभिन्‍न मल्टिमिडिया प्लेटर्फममा भएको फ्यान फलोइङ र भोटिङलाई हेरेर श्रृंखलालाई विजेता घोषित गरिएको मिस वर्ल्डको आधिकारिक इन्टाग्राम पेजमा जनाइएको छ । मेक्सिको र केन्याका सुन्दरी दोस्रो र तेस्रो स्थानमा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.