श्रीलंकामा विस्फोटमा परी मृत्यु हुनेको संख्या १ सय ३८ पुग्यो

रिपोर्ट नेपाल | 2019 Apr 21 | 01:37 pm 2240

कोलम्बो, वैशाख ८ : श्रीलंकामा भएको शृङ्खलाबद्ध बम विस्फोटमा परी मर्नेको संख्या १ सय ३८ पुगेको छ । अलजजिरा डटकमका अनुसार कम्तीमा पनि अन्य २ सय ५० घाइते भएका छन् ।

समाचारमा जनाइए अनुसार कोलम्बोको केन्द्रमा रहेका क्याथोलिक चर्चहरुमा ३ वटा र अन्य विस्फोट दुई सुविधा सम्पन्न होटलमा विस्फोट भएको हो ।अहिलेसम्म कसैले पनि विस्फोटको जिम्मेवारी लिएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.