श्रीलंकामा फेरी विस्फोट

रिपोर्ट नेपाल | 2019 Apr 25 | 01:48 pm 2161

काठमाडौं, (एजेन्सी) श्रीलंकामा बिहिबार पनि फेरी बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार  बम विस्फोट भएकाे हाे ।  बम विस्फोटबाट मानवीय क्षतीबारे भने केही विवरण प्राप्त नभएको  प्रहरीले बताएको छ ।

गत आइतबार भएको श्रृङ्खलाबद्ध बम विस्फोटमा मृत्यु हुनेको संख्या ३ सय ६० जना पुगेको छ ।

उक्त विस्फोटमा मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानीसमेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलंकाको विदेश मन्त्रालयले जनाएको छ । विस्फोटमा परी करिब ५ सय मानिस घाइते भएका छन् । उपचाररत घाइतेमध्ये केही व्यक्तिको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.