श्रीलंकाका राष्ट्रपतिद्वारा संसद विघटन

| 2018 Nov 10 | 05:36 pm 1705

कोलम्बो,  कात्तिक २४- श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शुक्रबारदेखि लागू हुने गरी संसद विघटन भएको घोषणा गर्नुभएको छ।
आफैले नियुक्त गरेको नयाँ प्रधानमन्त्रीको समर्थनमा उहाँले संसद विघटन गर्दै निर्वाचन गराउने घोषणा गरेका हुन।

सिरिसेनाद्धारा अपदस्त भएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले भने राष्ट्रपतिको कदम असंवैधानिक भन्दै अस्विकार गर्दै आएका छन्।
राष्ट्रपति सिरिसेनाले गत महिना विक्रमासिङ्घेलाई पदच्युत गर्दै पूर्वराष्ट्रपति तथा विपक्षी दलका नेता महेन्दा राजापाक्षेलाई प्रधानमन्त्रीका नियुक्त गरेको घोषणा गरेका थिए।

सन् २००९ मा गृहयुद्धको अन्त्य भएको घोषणा गरेका पूर्वराष्ट्रपति राजपाक्षे श्रीलङ्कामा लोकप्रिय भए पनि निक्कै विवादित छन्।
उले आउदो जनवरी ५ तारिखमा निर्वाचन गर्ने घोषणापनि गरे समाचारमा जनाइएको छ । विघटीत संसदमा २२५ जना सांसद रहेका थिए ।

राष्ट्रपतिको घोषणासँगै निर्धारित कार्यकाल भन्दा दुई बर्ष अगाडी नै संसद विघटन भएर निर्वाचन हुन लागेको हो।राष्ट्रपति सिरिसेनाका यी घोषणा तथा निर्णयहरुलाई विक्रमासिङ्घेले भने गलत भनेका छन। उनको पार्टीले पनि त्यस्ता कदम चाल्ने अधिकार राष्ट्रपतिलाई नभएको बताएको छ ।

राष्ट्रपति सिरिसेनाले आफुलाई हटाउन नमिल्ने भएकाले आफूले प्रधानमन्त्री पद नछाड्ने र अहिले पनि आफु नै प्रधानमन्त्री रहेको उनले दाबी गर्दै आएका छन्।

श्रीलङ्कामा बढ्दो राजनीतिक संकटप्रति अन्तर्राष्ट्रिय समुदायले पनि चासो र चिन्ता व्यक्त गरेका छन्। उनीहरुले पनि आफ्ना पछिल्ला कदम सच्याउन राष्ट्रपति सिरिसेनालाई आग्रह गरेका छन् ।

राष्ट्रपतिको पछिल्लो कदमलाई सर्वोच्च अदालतमा कानूनी चुनौती दिन सकिने अधिकारीहरुले बताएका छन्। सिरिसेनाद्धारा नियुक्त प्रधानमन्त्री राजापाक्षेको पक्षमा संसद्मा बहुमत पुग्ने अवस्था नदेखिएपछि संसद विघटन गरेको बताइएको छ ।

आफैसँग राष्ट्रपति पदमा प्रतिश्पर्धा गरेका राजापाक्षेलाई सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलंकामा नयाँ राजनीतिक संकट सृजना भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.