बाजुरा, चैत २७ः आफ्नै श्रीमानले गोली प्रहार गरी एक महिलाको हत्या गरेको छ । हत्या हुनेमा गौमुल गाउँपालिका ४ कि ३३ वर्षीया सुन्तु रोकाया रहेकी छन् । उनकै श्रीमानले हानेको बन्दुकको गोली लागेर उनकाे मृत्यु भएको हो ।
४० वर्षय गोरख रोकायाले भरुवा बन्दुकबाट श्रीमतीलाई गोली हानेको प्रहरीले जानकारी दिएकाे छ । गाेली प्रहार गर्ने रोकायालाई प्रहरीले पक्राउ गरिसकेको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख दानबहादुर बोगटीले बताए ।
रोकायालाई एक थान बरुवा बन्दुकसहित पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ । हत्या गरिएको अवस्थामा शव फेला पारेपछि बिहीबार बिहान माइती पक्षले प्रहरीलाई खबर गरेका थिए । उक्त घटनाकाे प्रहरीले अनुसन्धान गरिरहेकाे जनाइएकाे छ ।