श्रीमानको बन्चरो प्रहारबाट श्रीमती गम्भीर घाइते

| 2019 Jun 08 | 03:42 pm 2392

बाँके, जेठ २५: जिल्लाकाे जानकी गाउँपालिकामा श्रीमानको बन्चरो प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छिन् ।

शनिबार बिहान ९ बजेतिर जानकी गाउँपालिका वडा–३ मानपुर निवासी ५९ वर्षीया पञ्चराम हरिजनले  ४५ वर्षीया श्रीमती कप्तरा हरिजनलाई बञ्चरो प्रहार गरेको इलाका प्रहरी कार्यालय खजुराखुद्रका प्रहरी नायव निरीक्षक राजकुमार सिंहले जानकारी दिए ।

सिंहका अनुसार श्रीमतीमाथि बञ्चरो प्रहार गरेर पञ्चराम आफैँ प्रहरी कार्यालय गएका थिए । हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बञ्चरो प्रहारबाट गम्भीर घाइते कप्तराको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । श्रीमान–श्रीमतीबीच १५ दिनदेखि नै झगडा हुँदै आएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.