श्रीमानको कुटपिटबाट सिरहामा श्रीमतीको मृत्यु

रिपोर्ट नेपाल | 2021 May 29 | 01:44 pm 2349

सिरहा, जेठ १५ः श्रीमानको कुटपिटबाट सिरहामा श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका-२ तेतरिया सुनुवार टोलका २० वर्षीया सरिता देवी सदा रहेको छ ।

उनीलाई २२ वर्षीय श्रीमान ललित सदाको कुटपिटपछि मृत्यु भएको ईलाका प्रहरी कार्यालय गोल बजारले जानकारी दिएकाे  हाे ।

झगडापछि सुतेकी उनी विहान मृत अवस्थामा भेटिएकी थिइन् । मृत्यु भएको हल्ला चलेपछि गाउँलेले प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय गोल बजारका इन्सपेक्टर सन्तोष राईले जानकारी दिए ।

दुवैजनाले मदिरा सेवन गरी बिहीबार राति झगडा गरेको र श्रीमानले धकेल्दा घरको भित्तामा टाउको ठोक्किँदा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा टाउकोको चोटकै कारण मृत्यु भएको खुल्न आएको छ ।

उनको श्रीमानलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । शब पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको छ । मृतक सरिताका २ छोरी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.