रुकुम पूर्व, असार १७ः श्रीमतीको चिर्पट प्रहारबाट श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा सिस्ने गाउँपालिका–२ का २३ वर्षीय बिछोड बिक रहेका छन् ।
उनको श्रीमती रेश्मा बिकले चिर्पटले हान्दा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
घरायसी विवादको क्रममा मंगलबार राति बिछोडलाई श्रीमतीले दाउराको चिर्पटले टाउकोमा प्रहार गरेको र श्रीमानको ज्यान गएको वडाध्यक्ष जीवन केसीले बताए।
वडाध्यक्ष केसीका अनुसार, बिहानपख मात्र घटनाबारे खबर पाएपछि प्रहरीलाई खबर गरिएको हो । बिछोडको टाउको, नाक, मुखबाट धेरै रगत बगेपछि ज्यान गएको हुनसक्ने उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङका अनुसार प्रहरी घटनास्थलमा पुगिसकेको र रेश्मा बिकलाई नियन्त्रणमा लिइएको बताइएको छ ।