श्रीमतीले अर्कैसँग विवाह गरेपछि पुलबाट त्रिशुली नदीमा हामफालेका युवालाई सशस्त्रले बचाए

रिपोर्ट नेपाल | 2018 Aug 06 | 07:04 pm 3780

चितवन, साउन २१ : देवघाटको झोलुङगे पुलबाट त्रिशुली नदीमा हामफालेका एक युवालाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ ।नवलपरासी घर बताउने चितवन भरतपुर बस्दै आएका २४ वर्षीय धिरज राउतले पुलबाट हाम फालेका थिए ।

श्रीमतीले अर्कैसँग विवाह गरेपछि एक महिनादेखि मानसिक रूपमा निकै तनावमा परेको र बाच्न मन नलागेपछि आत्महत्या गर्ने उदेश्यबाट पुलबाट हामफालेको  आफूहरूलाई  बिपद व्यवस्थापन गण कुरिनटारका सशस्त्र प्रहरी सहायक निरीक्षक प्रहलाद सिलवालले बताए ।

देवघाट क्षेत्रबिकास समितिले  जल तथा थल सुरक्षाका लागि पत्र नै काटेर बिपद व्यवस्थापन गण कुरिन्टार र सीमा सुरक्षा बल आपटाडीलाई सुरक्षा टोली खटाउन आग्रह गरेको थिए । सोही बमोजिम जल तथा थल सुरक्षाका लागि २० जनाको हाराहारीमा सशस्त्र प्रहरी खटिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.