कपिलवस्तु, माघ २२ : कान्छी श्रीमतीलाई ब्लेडले रेटेर घाइते बनाएको अभियोगमा बुद्धभूमि नगरपालिका–३ मुर्मिका ४४ वर्षीय लाल बिहारी चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
चौधरीको मानसिक सन्तुलन ठिक नभएको बुझिन आएको छ । घाइतेलाई उपचारको लागि गोरुसिङे बुद्ध पोलिक्लिनिक लगिएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।