श्रीमतीको घाँटी रेटेर हत्या गरेकाे आरोपमा श्रीमान पक्राउ

रिपोर्ट नेपाल | 2019 Apr 10 | 06:07 pm 1676

भोजपुर,  चैत्र २७  : पौवादुङ्मा गाउँपालिका वडा नम्बर ४ मा आफ्नै श्रीमतीको हत्या गरको आरोपमा एक युवक पक्राउ परेका छन् । १९ वर्षीय रमेश पौडेलले १९ वर्षीया श्रीमती जानुका पौडेल थापाको धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घरको भान्सा कोठामा जानुका पौडेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी केशव कुमार थेवेले बताए । हत्या गरेको आशंकामा श्रीमान पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डीएसपी थेवेले बताए ।

श्रीमतीको हत्या गरेको श्रीमानले स्वीकारेका छन् । मृतक पौडेलेको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा ल्याइएको छ । उनीहरुका दुई महिनाको एक छोरा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.