श्रीमती हत्या गरेकाे अभियाेगमा एक पक्राउ

| 2019 Jun 29 | 07:13 am 1597

काठमाडौं, असार १४:  मधुवन नगरपालिका–९ का ४५ वर्षीय  दिलमाया देशुवा मगरलाई  कुटपिट गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५० वर्षीय केशरबहादुर रहेका छन् ।

केशरबहादुरले दिलमायालाई  मुक्का तथा लाठीले कुटपिट गरेर बेहोश बनाएको र जिल्ला अस्पतालमा उपचारका क्रममा दिलमायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गरेको आरोपमा  । हेटौँडाबाट मृतकका माइतीपक्ष आएपछि शुक्रबार नै शव परीक्षण गरी अन्तिम संस्कारका लागि बुझाइएको प्रहरीले जनाएको छ ।

पीडित पक्षबाट आरोपितविरुद्ध उजूरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.