श्रीमती संघको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

| 2023 Aug 13 | 04:52 pm 2637

नवलपरासी, साउन २८ ।   नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा “रक्तदान नै जिवनदान” भन्ने तथ्यलाई आत्मसाथ गर्दै जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा, नवलपरासी (ब.सु.प.) को समन्वयमा  जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) का  कार्यालय प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्य , नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासी (ब.सु.प.) का पदाधिकारी, पृथ्वी चन्द्र अस्पताल परासीका स्वास्थ्यकर्मी र  स्थानीय संचारकर्मी समेतको उपस्थितीमा सम्पन्न भएको हाे ।

रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक,  प्रहरी निरीक्षक लगायत प्रहरी कर्मचारीले रक्तदान गरेको कुरा सुचना अधिकारी भोजराज पाण्डेयले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.