श्रम कार्यालयबाट तीन बिचौलिया पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 16 | 05:25 pm 1907

काठमाडौँ, कात्तिक ३० : श्रम कार्यालय ताहाचालबाट शुक्रबार तीनजना बिचौलिया पक्राउ परेका छन्। कार्यालय परिसरमा बिचौलियाको भूमिका निर्वाह गर्ने बाफलका ऋषि मोक्तान, मोरङ घर भइ हाल बाफल बस्ने रोशन शिवाकोटी र झापाका हिर्टाबहादुर धिमाललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिए।

बिचौलियाका कारण समस्या बढेको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रहरीलाई गुहारेको थियो।

बोगटीका अनुसार श्रम कार्यालय परिसरमा बसी सर्वसाधारणलाई हैरानी गर्ने, छिटो काम भित्रभित्रै मिलाइदिन्छु भन्दै पैसा असुल्ने, बाटोमा हिँड्ने सर्वसाधारणलाई पनि दुःख दिने गरेकाले उनीहरुलाई पक्राउ गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.